काठमाडौं । नबिल बैंकले आफ्ना शेयरधनीहरुलाई ३५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत पुष २९ गते बसेको बैंकको ३६औं साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव पारित गरेको हो । आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ…