६ श्रावण २०८३, बुधबार | July 22, 2026

साइन रेसुंगा बैंकद्वारा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान



भैरहवा । रुपन्देहीमा केन्द्रीय कार्यालय राखेर देशैभर कारोबार गरिरहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई बधाई कार्यक्रम गरि सम्मान गरेको छ ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बैंक र उद्योगी व्यवसायीबीच सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले बैंक र उद्योगी व्यवसायी एक सिक्काका दुई पाटा भएको बताउँदै रेसुंगा डेभलपमेन्ट बैंकले उद्योगी व्यवसायीलाई ढुक्कसंग कारोबार गर्न विश्वास दिलाएको बताए ।

साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बढी शाखा संजाल, ग्राहक संख्या, ऋण प्रवाह, निक्षेप संकलन लगायतका कारणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा बैंक अगाडी बढेको बताए । उनले बैंकको प्रधान कार्यालय लुम्बिनी प्रदेश कै रुपन्देही रहेको बताए ।

उनले ग्राहकलाई भरपर्दो र विश्वासिलो सेवा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको उल्लेख गर्दै बैंकले कृषि, पर्यटन लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरेको जानकारी दिए । ‘अफ्ठयारो परिस्थितिमा पनि उद्योग व्यवसायलाई निरन्तरता दिएका उद्योगी व्यवसायीको प्रगतिमा बैंकको साथ होस् भन्ने कामना गर्दछौं, उनले भने ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ५५ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न