२२ बैशाख २०८१, शनिबार | May 5, 2024

ग्लोबल आइएमईका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।…