काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्…