काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले घट्दै तीन लाख तीन हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। लगातारको उतार–चढावबीच शुक्रबार बजारमा सुनको मूल्यमा स्पष्ट गिरावट देखिएको हो।…