काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन् अब ती क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु ।” जलविद्युतको विकासबाट नै…