नेपालगन्ज । नेपालगन्जका उद्योग,व्यवसायीले अर्थमन्त्री जनार्दन शर्मालाई शनिवार भेटेर राष्ट्र बैंकले सार्वजनिक गरेको व्यवसायी विरोधी निती फिर्ता गर्न माग गरेका छन् । चर्को बैकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका व्यवसायीहरुले नेपालगन्ज पुगेका अर्थमन्त्री शर्मालाई भेटेर ज्ञापनपत्र बुझाउँदै राष्ट्र बैंकको निर्णय फिर्ता गर्न माग गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको नेतृत्वको…