काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस-२०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवसको सन्दर्भमा बैंकका कर्मचारीहरुको सहभागितामा चन्द्रागिरि नगरपालिका ३ सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षारोपण…