७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जेठको पहिलो हप्तासम्म नेपालमा २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात



काठमाडौं । नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए ।

प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडूले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भएको बताए ।

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७७र०७८ मा २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ तथा ४ लाख ७८ हजार मेट्रिक टन एलपी ग्यास खरिद गरिएको थियो । र सोबापत इण्डिय आयल कर्पोरेसनलाई एक खर्ब ५८ अर्ब भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको मन्त्री बडूको भनाई छ । रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यतात्मक रूपमा मूल्य वृद्धि गर्नुपरिरहेको उनको भनाइ छ ।

नेपाल आयल निगमले १९ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्यमा १० रूपैयाँ घटाएको थियो । उक्त मूल्य समायोजना गर्दा पनि पेट्रोल प्रति लिटरमा ४१।४० रूपैयाँ घाटा रहेको मन्त्री बडूले बताए ।

मासिक एक अर्ब ८३ करोड घाटा, डिजेलमा २८।३३ रूपैयाँ प्रति लिटर घाटा रहि मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यासमा ७५१.१४ रूपैयाँ प्रतिसिलिन्डर घाटा रही मासिक २ अर्ब ८६ करोड घाटा रहेको उनको भनाइ छ । मट्टीतेल र हवाई इन्धानमा भने मासिक ६५ करोड नाफा रहेको उनले बताए ।

सबै नाफा घाटा मिलाउँदा हाल सात अर्ब १७ करोड रूपैयाँ घाटा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षको हालसम्म नेपाल आयल निगमलाई ३७ अर्ब घाटा भइसकेको छ ।

नेपाल आयल निगमले इण्डिय आयल कर्पोरेसनलाई सन् २०२२ जुन महिनाको पहिलो किस्ता वापत १६ अर्ब र बाँकी बक्यौता बराबर अर्को १६ अर्ब गरी जम्मा ३२ अर्ब आगामी सन् २०२२ जुन ८ तारिखसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : २४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल