काठमाडौं । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको इन्टर मिलानले खेलमा कमब्याक गर्दै २-१ ले जित हासिल गरेको हो । इन्टर मिलानको जितमा हाकन कल्हानोग्लु र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए…