२० असार २०८३, शनिबार | July 4, 2026

१० वर्षपछि आज विश्वकप क्रिकेट खेल्दै नेपाल, नेदरल्यान्ड्ससंग सामना गर्दै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आइसीसी टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार मंगलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।

हिजो आयोजित प्रि(म्याच कन्फरेन्समा कप्तान रोहित पौडेलले १० वर्षपछिको विश्वकप नेपाल र नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण रहेको बताए । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनको भनाइ थियो । नेपाली समर्थकको आशालाई राम्रो प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्ने समय आएको उनले बताएका छन् ।

नेदरल्यान्डस् र नेपाल टी-२० आईमा चौथो पटक आमनेसामने हुँदै छन् । गत फ्रेब्रुअरीरमार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी-२० आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो । नेदरल्यान्डस्‌का प्रशिक्षक रायन कुकले सो सिरिज खेलेको टिमबाट केही खेलाडी परिवर्तन भएको बताए । उनले पछिल्लो समय नेपालले उत्कृष्ट खेलिरहेको पनि उल्लेख गरे ।

नेपाल रहेको समूह-डी मा टोली दक्षिण अफ्रिका, बंगलादेश र श्रीलङका पनि छन् । यो समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङकामाथि ७ विकेटको जित हात पारेको छ । सुपर-ए प्रवेशको सम्भावना बलियो बनाइराख्न पहिलो खेलमा जित आवश्यक छ । चोटका कारण वेस्ट इन्डिज र ह्युस्टनमा भएका तीन अभ्यास खेल र क्यानडा सँगको वार्मअप म्याच गुमाएका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी पनि पहिलो खेलमा टिममा फर्कनेछन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ४१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०