काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) माथि शानदार जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको आरसीबीले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । आरसीबीका लागि…