बुटवल । विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य सहित बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ। बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेयले नगरभित्रका विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए। उनले…