खजुरा । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको दोस्रो सेमि फाइनल खेलमा न्यु दर्पण युवा क्लबले रेसिङ्ग साहारालाई हराउँदै फाइनल प्रवेश गरेको छ । सोमबार खजुराको मिनि रंगशाला मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले न्यु दर्पण विजयी भएको हो । खेलको पहिलो हाप सम्म कुनै पनि गोल…