काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेसँगै श्रीलंकामा आयोजना हुने सम्भावना बढेको छ । बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त कुरा उल्लेख गरेको छ । श्रीलंका, बंगलादेश र अफगानिस्तानले उक्त निर्णयको समर्थन गरेका छन् । प्रतियोगिता हुने स्थानको अन्तिम निर्णय यही महिनाको अन्तिममा भइसक्ने अपेक्षा गरिएको…