१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन



काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली खेलाडीले सर्वाधिक छिटो शतकको कीर्तिमान बनाउँदै मंगोलियालाई ३१४ रनको विशाल लक्ष्य दिएका छन् ।

नेपालका लागि कुशल मल्लले ३४ बलमा विश्व कीर्तिमानी शतक प्रहार गरे । कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका हुन् । कुशलले ३४ बलमा शतक बनाएर डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।

उनले १३७ रन बनाउन ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले मात्र ९ बलमा कीर्तिमानी अर्धशतक प्रहार गरेर नेपालका लागि कीर्तिमानी स्कोर बनाउन सफल भएका हुन् । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिईदै आएको छ । कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो ।

नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ९ : ०४ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य