काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ। यही अगस्ट २५ देखि २९ भदौ ९ देखि १३ सम्म काठमाडौंको बालुवाटारस्थित धुकु स्पोर्ट्स हबमा आयोजना गरेको छैटौं ब्रिटिश कप २०२५ अन्तर–कलेज फुटसल प्रतियोगितामा हाई स्कूलतर्फ चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलरतर्फ इनसाइट भिजनले उपाधि हात पारेका छन्।…