काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । हिजोबाट शुरू भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै सुरुवात गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ । नेपालको भने…