काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको नेपाली फुटबल टिम आईतबार स्वदेश फर्किएको छ । कतार एयरवेजको उडानमार्फत फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । कोरोना महामारीका कारण कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेलमध्ये एकमा जित निकाल्दा दुई खेलमा…