८ पुस २०८२, मंगलबार | December 24, 2025

संवैधानिक परिषद् विधेयक फिर्ताबारे सभामुखले राखे राष्ट्रपतिसँग चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएको छ। शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए। भेटवार्तामा हालै राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी) ऐन संशोधन विधेयक संसद्‌मा फिर्ता पठाएको विषयमा समेत छलफल भएको बताइएको छ। राष्ट्रपति पौडेलले विहीबार उक्त विधेयक संविधानको मर्मविपरीत रहेको…