८ पुस २०८२, मंगलबार | December 24, 2025

सिन्धुपाल्चोकका नेता राजकुमार श्रेष्ठ माओवादी केन्द्रमा पुनः सक्रिय

काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र)मा सक्रिय भएका छन् । संविधानसभा सदस्य समेत रहेका श्रेष्ठ माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए । उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरेका छन् । श्रेष्ठलाई पार्टी केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ ।