काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्तलाई नियुक्त गरिएको भन्दै उठेको आलोचनापछि सचिवालयले स्पष्टीकरण दिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीले कानूनी प्रक्रिया अनुसार आफूलाई विश्वासयोग्य व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक भएपछि जेनजी अभियन्ताहरुसहित चारैतिरबाट आलोचना…