काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । आयोगले १७ बुँदै निर्देशन दिएको हो । आयोगले भनेको छ, 'नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७-२०८०/८१) र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा भएका व्यवस्था…