६ पुस २०८२, आइतबार | December 22, 2025

सर्वदलीय बैठक बोलाउन देउवा र प्रचण्ड सहमत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने सहमति भएको छ । शुक्रबार विहान भएको भेटमा एमसीसी, संसदमा जारी गतिरोध हटाउने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो। प्रधानमन्त्री देउवाले संसदको अर्को बैठक बस्नुअघि नै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ…