१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कांग्रेस १४ औं महाधिवेशन : पाँच सहमहामन्त्रीको टुंगो आज लाग्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ ।

विभिन्न क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आउने क्रम जारी छ । आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । बाँकी पाँच क्लस्टरको मत गणना आज गरिने निर्वाचन समितिले जनाएको छ ।

आजको मत गणनासँगै पदाधिकारीको टुंगो लाग्नेछ । पदाधिकारीको टुंगो लागेपछि मात्र केन्द्रीय सदस्यको मतगणना सुरु हुने जनाइएको छ । आज हुने गणनाबाट खसआर्य, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम र थारु क्लस्टरबाट सहमहामन्त्रीहरु चुनिनेछन् ।

खस आर्यतर्फ देवराज चालिसे (शेखर पक्ष) र किशोर सिंह राठोर (देउवा पक्ष) उम्मेदवार रहेका छन् । त्यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे (शेखर पक्ष) र जीवन ब शाही (देउवा पक्ष) बीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी, मधेशी तर्फ देउवा पक्षका महेन्द्र यादव र शेखर पक्षका रामकृष्ण यादवबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै मुस्लिमतर्फ फर मुल्लाह मन्सुर (देउवा पक्ष) र शेख वकील (शेखर पक्ष) प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, थारुतर्फ देउवा पक्षबाट उमाकान्त चौधरी र शेखर पक्षबाट तेजुलाल चौधरी चुनावी प्रतिस्पर्धामा छन् ।

हिजो भएको मतगणनाबाट महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन् । दलित समूहमा शेखर पक्षका जीवन परियार विजयी भएका छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । त्यसैगरी, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी बनिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ५१ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण