११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पार्टी कामलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि) १ जारी गर्दै अध्यक्ष केपीओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्धरुपमा आरम्भ गरिसकेको जनाएका छन् ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो । अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।

“हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ । ” एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/12/10th-Congress-Apani-1-Final.pdf” title=”10th Congress Apani 1 Final”]

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : २८ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना