६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो । संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदैछ ।