२६ बैशाख २०८१, बुधबार | May 8, 2024

निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो ।

कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।

यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ४१ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्