११ भदौ २०८३, बिहिबार | August 28, 2026

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशसम्बन्धी विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको छ।…