काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका १० पार्टी मिलेर चुनाव लडेपनि १२० सिट भन्दा बढी नआउने ठोकुवा गरेका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने दावी गरेका हुन् । अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा…