मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी शिलान्यास गरे । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र—२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान…