कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उनले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्न पनि अभियान सञ्चालन गरिएको बताए ।…