१४ भदौ २०८३, आइतबार | August 30, 2026

बालेन र सुदन बिरुद्ध जाहेरी लिएर एमाले निकट अखिलका नेताहरु प्रहरी परिसरमा



काठमाडौं । जेन जी समुहबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक बिरुद्ध प्रहरीमा जाहेरी दिए लगत्तै एमाले निकट अनेरास्वबियूले पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

तोडफोड, आगजनी र प्रहरी हत्या गरेको अभियोगमा साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको छ ।

जाहेरी लिएर पुगेका टोलि मध्य मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले परिषर भित्र बोलाएर छलफल गरिरहेको छ भने टोलीका अन्य सहभागीहरु परिसर बाहिर बसिरहेका छन् ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने हुने देखिएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ५० बजे

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा