२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

बालेन र सुदन बिरुद्ध जाहेरी लिएर एमाले निकट अखिलका नेताहरु प्रहरी परिसरमा



काठमाडौं । जेन जी समुहबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक बिरुद्ध प्रहरीमा जाहेरी दिए लगत्तै एमाले निकट अनेरास्वबियूले पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

तोडफोड, आगजनी र प्रहरी हत्या गरेको अभियोगमा साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको छ ।

जाहेरी लिएर पुगेका टोलि मध्य मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले परिषर भित्र बोलाएर छलफल गरिरहेको छ भने टोलीका अन्य सहभागीहरु परिसर बाहिर बसिरहेका छन् ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने हुने देखिएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : ५० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति