काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबारसम्मका लागि स्थगित भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको आजको बहस मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेमा केन्द्रित भएको थियो । यस विषयमा पक्ष र विपक्षका वकिलहरुले आज बहस गरेका छन् । आगामी शुक्रबार बहसलाई निरन्तरता दिने गरी आजको इजलास स्थगित भएको हो । रिट निवेदकको…