काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनको बीचमा दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेट डेढघण्टा छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन् । ओली साँझ ५ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाए पनि सत्तारूढ पार्टीभित्रको तिब्र अन्तरविरोधका बीच…