जनकपुर । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयप्रति मधेशमा असन्तुष्टि बढिरहेको छ । निर्णयको विरोधमा सोमबार साँझ जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले नागरिकता विधेयक अघि बढाउन सहमति दिएपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई बहुमतले पारित…