१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रचण्ड-नेपाल नेकपाको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

मध्यान्ह १२ बजेपछि पेरिसडाँडामा बस्ने बैठकमा सरकार विरुद्ध जारी आन्दोलनको समीक्षा र पार्टी संगठनको विषयमा छलफल हुने एक नेताले बताए ।

शनिबार पनि पदाधिकारी र उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच अनौपचारिक छलफल भएको थियो ।

छलफलमा शुक्रबार भएको काठमाडौंको जनप्रदशन पछि मञ्चमा देखिएको असहजताबारे छलफल भएको थियो । केन्द्रीय संघर्ष समितिले तय गरेविपरित मञ्चको व्यवस्थापन भएको भन्दै प्रवक्ता श्रेष्ठले मञ्चमै सबैले देख्ने गरी असन्तुष्टि प्रकट गरेका थिए । हिजोको अनौपचारिक बैठकमा स्थायी कमिटीका एजेन्डाबारे सामान्य छलफल भएको थियो।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समुहमा विभाजित भैसकेको छ । एक समुहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालल गरेका छन् भने अर्को समुहको नेतृत्व ओलीले गरेका छन् ।

दुवै समुहले एक अर्कालाई कारवाहीको प्रक्रिया अघि बढाएका छन् । प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पदबाट निस्काशन गरिसकसको छ । उनलाई पार्टीको साधारण सदस्यबाटै निस्काशन गर्नका लागि तीनदिने स्पष्टिकरण पनि सोधिएको छ । त्यसबारे पनि आजको स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ ।

यसैगरी महासचिव लगायत पदाधिकारीको चयनको विषयमा प्रचण्ड र नेपालबीच अझै सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ४७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर