१५ असार २०८३, सोमबार | June 29, 2026

देशलाई निरंकुशतामा लाने षडयन्त्र विरूद्ध आक्रमक आन्दोलन आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् । आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भएको बताएका हुन् । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।…