२ मंसिर २०८२, मंगलबार | November 18, 2025

सुभाष नेम्वाङको यूटर्न देखेर राजनीतिशास्त्री लोकराज बराल भए अचम्मित



काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले सुवास नेम्वाङको यूटर्न देखेर अचम्म लागेको जनाएका छन् ।

विगतमा नेम्वाङले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताउँदै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लामो समयसम्म मौन बसेका थिए ।

नेम्वाङले शनिबार ओली पक्षीय नेकपाको १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै संसदीय शासन प्रणालीमा विशेष अधिकारको विषय उठाएर प्रधानमन्त्रीले विघटन गरेको भन्दै प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए ।

नेम्वाङको यही दुई थरी कुरा सुनेपछि अचम्मित भएका प्राध्यापक बरालले आइतबार ट्वीट गर्दै भनेका छन्,
‘सुभाष नेम्वाङले युटर्न गरेको देखेर राजनीति यस्तै हुँदो रहेछ भन्ने लाग्यो ।’

डेढ वर्षअगाडि मात्रै नेम्वाङले संसदीय पत्रकारहरुलाई गरेको सम्बोधनमा नेपालको संविधान, २०७२ मा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका थिए । नेम्वाङको सो भिडियो यतिबेला भाइरल बनेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  १० : ३८ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो