काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा सबै सचिवालय सदस्यहरु आत्मालोचना गरेका छन् । पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेताहरुले आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य…