काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ । पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अवसरमा भेला आह्वान गरेको हो । भेलामा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित…