३० बैशाख २०८३, बुधबार | May 13, 2026

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता



काठमाडौं । विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ ।

आईपीयू को १५० औँ महासभाबाट नेतृत्व लिनुभएका सांसदहरू डा शाक्य र गौतमको स्वागत-सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उनीहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरिएको हो ।

एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य आईपीयूको दिगो विकास समितिमा विजयी भएका थिइन । माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानमा भएको सम्मेलनमा उनी नेपालबाट प्रतिनिधित्व गर्दै विजयी भएकी थिइन ।

एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । शाक्यलाई ६ मत प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ मत मात्रै प्राप्त गरेको थियो ।

मानवअधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयू पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको पनि शाक्यले बताइन।

नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गरे । छलफलमा सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीय संसद् सचिवालयको अन्तरराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो ।”

आइपियूको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालका तर्फबाट सांसद गौतम निर्वाचित भएकी छिन् । उनी निर्विरोध निर्वाचित भएकी थिइन । सांसद गौतमले नौ सदस्यीय टोलीमा दुई जना महिला रहेको र दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुसीको कुरा भएको बताइन ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५० बजे

बाँकेबाट धमाधम सरकारी निकाय अन्यत्र सार्न थालिएपछि आन्दोलनको तयारी

नेपालगन्ज । नेपालगन्ज–१४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्न

सुकुम्बासीमाथि दमन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । सुकुम्बासी बस्तीमाथि राज्यले दमन गरेको आरोप लगाउँदै विभिन्न

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा दोस्रोपटक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल