२३ चैत्र २०८२, सोमबार | April 6, 2026

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि खाता खोलेको छ । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएसँगै राप्रपाको पहिलो खाता खुलेको हो । शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् ।…