दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए…