काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनालाई कमजोर बनाउने निर्णय गरे त्यसले देशलाई गम्भीर राजनीतिक र सामाजिक संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेज गर्ने, स्थानीय तहको संख्या एकतिहाइले घटाउनेलगायत संघीय संरचनामा व्यापक पुनर्संरचनाको प्रस्ताव…