१६ पुस २०८२, बुधबार | December 31, 2025

संक्रमणकालीनसम्बन्धी विधेयक कानून बनेपछि सबै पीडितहरुले न्यायको अनुभूति गर्नेछन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याससम्बन्धी विधेयक पारित भएर कानून बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धका विषयमा सम्बोधन गर्दै सभापति देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास…