८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

विद्युत महशुल बक्यौंतामा विवाद नगरौं, संसदीय छानबिन समिति बनाऔं : माओवादी

कुलमानले १६ अर्ब छुट दिए : लेखा समिति सभापति



काठमाडौं। नेकपा माओवादी केन्द्रले विद्युत महशुल बक्यौंताका बारेमा विवाद गर्नुको सट्टा संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सो माग गरेका हुन ।

विद्युत मस्यौंदामा विवाद गर्नुको सटटा बरु संसदीय समिति बनाएर छानबिन गरौं,’ उनको प्रस्ताव छ ।

महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको लेखा समितिको सभापति ऋषिकेश पोखरेलले दाबी गरेपछि शाहीले सो प्रस्ताव गरेका हुन् ।

कुलमानले १६ अर्ब छुट दिए : लेखा समिति सभापति
कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि सार्वजनिक लेखा समितिले छलफल चलाएको सभापति पोखरेलले जनाउँदै व्यवसायी र प्राधिकरण नेतृत्वको मिलोमतोमा भएको जनाएका थिए ।

‘२०८१ बैशाख २१ गते प्रचण्ड नेतृत्वको सरकारले ६ अर्बको मात्रै बिल पठाउनु भनेर निर्देशन दिएको थियो, खासमा १६ अर्ब छुट दिलाउनका लागि तत्कालिन सरकारको नेतृत्व, ब्यावसायी र प्राधिकरणको मिलोमतो देखिन्छ,’ उनको भनाइ थियो ।

‘महालेखा नियन्त्रण कार्यालयले आफनो ५६ देखि १ औं सम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौंता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिएको थियो, त्यो बेला सरकारले नै पहिला काम सकौं भनेर समितिमा छलफल चलाइएन,’ पोखरेलले भनेका थिए, ‘सरकारले काम गरिरहेको बेला लेखा समितिले हात हाल्नु हुदैँन भनेर मैले रोकिराखेको थिएँ तर जब प्राधिकरणले ६ अर्बमा २ अर्ब बिगो तोकेर ८ अर्बको मात्रै बिल पठाए पछि समितिमा अजेन्डा बनेको हो ।’

उनका अनुसार सरकारले काम गरे पनि १६ अर्ब रकम छुट दिएको विषय पत्ता लागेपछि लेखा समिति सक्रिय भएको पोखरेलको भनाई छ । ‘समितिमा गम्भिर खाले उजुरीको चांग त थियो, सरकारले लाल आयोग बनाएको थियो, नचलाउ भने पछि नचलाएको हो तर १६ अर्ब छुट दिए पछि सांसदहरुले यो बिषय गम्भिर भयो भनेर कुरा उठेको हो ।’ उनका अनुसार यस बिषय टुंगोमा पु¥याउने गरी छलफल चलिरहेको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : २२ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय