काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ । कोशी प्रदेश नामाकरणको विरुद्धमा भईरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं…