काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र चलिरहेको हस्ताक्षर अभियानलाई कांग्रेसमा ऊर्जा भर्ने सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले उत्साहपूर्वक सञ्चालन भइरहेको हस्ताक्षर अभियानले पार्टीमा नयाँ ताजगी र उत्साह ल्याएको बताएका हुन् । उनले भने, “साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा…