२८ असार २०८३, आइतबार | July 12, 2026

सभामुखमाथि हर्क साम्पाङको आक्रोश – ‘संसदीय अभ्यासमा कलंक पोतियो’



काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले संसदमा भएको व्यवहारले लोकतान्त्रिक संसदीय अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका छन्।

बिहीबार विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै आफ्नो पार्टीले असहमति जनाइरहेका बेला सभामुखले विभेदपूर्ण व्यवहार गरेको दाबी गरेका हुन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण दिन परराष्ट्रमन्त्री शिशिर खनाल रोष्ट्रममा उभिएका क्रममा श्रम संस्कृति पार्टीले विरोध जनाइरहेको अवस्थामा अन्य प्रतिपक्षी दलका नेताहरूलाई बोल्न दिइएको तर आफ्नो पार्टीलाई अवसर नदिइएको बताएका छन्।

उनले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै यस्तो व्यवहारले आफू आबद्ध दलको सरकारको बचाउ गर्न खोजेको सन्देश गएको उल्लेख गरेका छन्। “सभामुखजस्तो जिम्मेवार पदबाट गरिएको विभेदकारी व्यवहारले लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतेको छ,” विज्ञप्तिमा उल्लेख छ।

साम्पाङले संसदको मर्यादा र गरिमा दिनप्रतिदिन खस्कँदै गएको टिप्पणी गर्दै यसको मुख्य जिम्मेवारी सभामुखको कमजोरी रहेको आरोपसमेत लगाएका छन्। उनले प्रतिनिधिसभामा विभिन्न नियम तथा संवैधानिक व्यवस्थाको उल्लंघन भइरहेको दाबी गर्दै त्यसबारे समयमै रुलिङ हुन नसकेको बताएका छन्।

विज्ञप्तिमार्फत उनले संसदभित्र नै नियम र कानुनी व्यवस्था पालना नहुने अवस्था रहे देशमा शान्ति, सुशासन र विधिको शासन कसरी स्थापित हुन सक्छ भन्ने प्रश्न उठाएका छन्। साथै सरकार र सभामुख दुवैले देखिएका कमजोरीहरू तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

साम्पाङले संसदलाई सबैभन्दा जिम्मेवार र विधिसम्मत संस्था मानिने भएकाले त्यहाँ निष्पक्षता, पारदर्शिता र नियमको पूर्ण पालना सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : १६ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास