काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्पपत्र वाचन गर्दै औपचारिक रुपमा सार्वजनिक गरेका हुन्। ‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित राप्रपाले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएको छ। संकल्पपत्रमा २०४६ सालपछि उच्च पदमा पुगेका नेता तथा कर्मचारीहरूको सम्पत्ति…